नदी गीत बन्दै ...


 सुसन मास्के 

नदी गीत बन्दै म बहे


फैलिएर फाटहरुसित
फराकिदै बहे
कहिले साँघुरिदै 
गहिरिदै 
खोल्चि भएर बहे
बिछोडिएर मूलसित
भंगालिएर बहे

बाटो खोज्दै 
ढुंगे  बगरमा 
सुक्दै सुक्दै बहे
घुम्दै  फनफनी 
भुमरीमा डुबे 
बाढी बनेर उर्ले
खहरे खोली 
पनि बने
पहरासित ठोकिदै
छाँगो बनेर झरे

रसाउदै भित्र भित्र छाति
भुलभुल कुलकुल
नदी गीत
बन्दै म बहे 



Comments