सङ्गीतको मेरो अराध्य,मेरो अम्बर सर !

सरस्वती पूजाको पावन अवसरमा अम्बरसरको चरणमा समर्पित विस्थापित पत्रकारको यो डायरीको पानाहरु...
सङ्गीतको मेरो अराध्य,मेरो अम्बर सर !


Legendary Musician of Nepal -  Amber Gurung, my Guru.

  त्यतीबेला केही खोजीरहेकोथिए मानौ तिर्खाएको काकालकुकुलले पानी खोजेको जस्तै  तर भन्छन पानीखोज्दै जब खोला नजिक पुग्छ,खोलाको पानी रगत बन्छ रे  अनि पानी खान नसकि काकालकुकुल हाहाकार चित्कार गर्दै त्यसै प्यासैफर्किन्छ रे  आजन्म यसरी पानीको खोजमा तिर्खाएर केवल भौतारिमात्र रहन्छ रे ...सानो छदा आमाको मुखबाट यो कथा सुन्दा मेरो रगतमा चिसो पानी जस्तो केही बग्ने गर्थ्योव्याकुल भएर सोच्थे कठै कस्तो शापित काकालकुकुल ?

जीवनको एउटा कालखण्डमा  पनि काकालकुकुल जस्तै बनेको थिए  सङ्गीतकोे प्यासो काकालकुकुल  तर भाग्यवश  शापित थिइन  यही जन्म कि  पूर्वजन्मको कुनै राम्रो कर्म थियो मसित त्यसैले   सङ्गीतको यस्तो निर्मल मानसरोवर छेउ पुगे  सङ्गीतको प्यासो मेरो मनको काकालकुकुलको लागि त्यहाँ बिना शर्त सङ्गीतको निश्छल पवित्र लहर   शितल छहरा  छागो बगेको थियो  बडो जतनस्नेह  अनुग्रहले  जन्म जन्मान्तरकोलागि तृप्त हुने गरी सङ्गीतको  सहस्र धारा बगाइदिएर मेरो मनको सङ्गीतकोे प्यासो  
काकालकुकुलमाथि कसले यतिठूलो उपकार  गर्यो ? कसको हो यो अनुग्रह ? कसको हो यो आषिश ?
सरगम  रागरागिनीहरुको सहस्र भुलभुल कुलकुल खोलीहरु मेरो  मनको बन्जर  बाझो छातिमा बगाइदिने 
सङ्गीतको महान साधक हुन मेरो सर  मेरो श्रद्धेय सर  मेरो गुरु  मेरो प्यारो अम्बर सर  

 ढुङ्गा खोज्दा देउता

  सुसन बैनी   अम्बर दाई भएर सङ्गीत स्कूल खोलेको छौ तिमीलाई शास्त्रिय सङ्गीत सिक्ने रुचि  भने आउनु’ त्यो दिन रायन दाजु आउनु भएको थियो मेरोलागि यस्तो अनमोल निम्तो लिएर बागबजारको अस्मिताको अफिसमा
रायनप्रगतीशिल धारको एक बेजोड हस्ताक्षरराल्फा यूगका एक राल्फा नायक  मेरो विधार्थी जीवनको प्रगतिशिल फाँटको साङ्गीत धाराका मेरो आदरणिय गुरु ,मेरो मनले चिनेको अति स्नेही दाजु अनि पद्म कन्याक्याम्पसको छात्राबासको रजिष्टरमा दर्जित मेरो अभिभावक रायन
रायन दाजुको यस निम्तोलाई मान्न दुइहजार चवन्न साल भदौ तेइस गते सोमबार त्यो दिन अति उत्साह लिएर हिडिरहेको थिए, 
एउटा यस्तो स्वप्न यात्रामा जुन केही दुरीमा साकार हुन मलाई पर्खिरहेको थियो बागबजारको अस्मिताको अफिसबाट पुतली सडक क्रस  गर्ने साथ डिल्लीबजारको उकालोमा पर्ने दाहिनेतिरको घरयुनिवर्सल ल्याङ्गवेज इन्सिटिच्यूट त्यहाँ साढे चार बजे पुग्नु पर्ने निर्देशन थियो रायन दाजुको भित्र पस्ने बितिकै देखिने काउन्टरमा दुइसय पैसठी रुपिया चवन्न पैसा बुझाएर  रसिद लिए अन्तराष्ट्रिय
भाषाहरु सिकाउने यस इन्सिटिच्यूटमा भर्खर खुलेको एउटा हाँगा,सङ्गीतको विधार्थीकोरुपमा वैधानिक दर्ता पाएको अनुभुतिमा मख्ख पर्दै  काउन्टरबाट यसो के फर्किए  मैले अम्बर सरलाई पहिलो पटक  देखे मलाई नै पर्खनुभएको हो कि जस्तोगरी कुर्सिमा  बसेर अम्बर सर  रायन दाजु  मलाई हेरेर
हल्का मुस्कुराइ रहनु भएको थियोआदरले मेरो टाउको स्वत झुक्यो  हात श्रद्धाले जोडियोअन्तसमा मौन
कोही बोल्यो यही तेरो शरण हो  भित्रको त्यो प्यासो काकालकुकल अन्तत सरोवर छेउ पुगेको थियो

 सरगम.. स्वर साधनाको यात्रा 

अम्बर सरबाट पाएको शास्त्रिय सङ्गीत ज्ञानले भरिएको  मेरो अमुल्य निधी
त्यो साँझ  बजेर पैतालिस मिनेटमा पहिलो कक्षा शुरु भयो  कक्षामा पन्द्र बिस जाना विधार्थीहरु थिए  धेरै
जसोलाई पहिला चिनीराखेका प्रगतीशिल फाँटका सांस्कृतिक कर्मीहरु  सरले पहिलो दिन सिकाउनु भएको थियो   स्वर साधना गर्ने सातवटा नियमहरु लगायत षडज साधना गर्ने विधि   भने धमाधम  सरले भन्नु भइरहेको कुराको नोट लिइरहेको थिए  त्यो दिन अभ्यासको लागि भनेर सरले दिनु भएको पाठ थियो
आरोह  ( स्वर माथि चढाउने)  सा रे     नि सां
अवरोह  (स्वर तल झार्ने )     सां नि     रे सा  

पहिलो पाठ 

षडज साधना  बिहानपख गरे राम्रो अनि  पहिलो दिन पाँच मिनेट  पछि बढाउदै दश अनि पन्द्र मिनेट अभ्यास गर्ने  सरको निर्देशन थियो   अर्को होमवर्क पनि थियो आफुलाई मनपर्ने बारवटा गीतहरुको सूचि बनाएर ल्याउने  अनि सरले सोध्नु भएको थियो तिमीसित हार्मोनियम  ?

सा रे     नि सां

बर्षौ अगाडि अस्मिताको महिला पत्रकारको एउटा सेमिनारमा दिल्ली  जादा पालिका बजारबाट हार्मोनियम किनेर ल्याएको थिए  त्यो साँझ  खाटमुनी थन्केको हार्मोनियममा जमेको धुलोसुलो झारेर बिहानको अभ्यासको लागी ठीक्क पारे  बिहान पाँच बजेको घडीमा अलार्म लगाए  बिहान अबेलासम्म निदाउन मनलाग्ने मलाई सरगमको अभ्यासको यात्रामा ढिलो होला भन्ने यस्तो पीर परेको थियो कि मेरो चेतनले बिहान घडीको टिरररलेभन्दा अगाडिनै कैयो पटक मलाई जगाइसकेको थियो  अरु दिन भन्दा अब निसन्देह फरक हुन गइरहेको थियो मेरो दिनहरु  मीठो धूप बालेर बिहानीपखको सुनसानमा हार्मोनियमको पर्दाहरुमा सात स्वरको षडज साधना  सा रे  ..को अभ्यास आरम्भ भयो  मस्त निदाइरहेका लाजिम्पाटका मेरो घरपरिवारकोमेरो छरछिमेकको
बिहान   मीठो निद्राको अह मैले कसैको वास्ता गरिन । सरगमको अभ्यास  भयो 

अब सरले दिनु भएको अर्को होमवर्क थियो बारवटा एकदम मनपर्ने गीतहरुको चयन यो होमवर्क बास्तवमा  
गारो थियो  खाली पेजमा मनपर्ने गीतहरुको तछाड मछाड गरेर वैरिन पो थाल्यो  मनपर्ने गीतहरु  कति कति हजारौको संख्यामा पो रहेछन  अब तिनीहरुलाई बार वटा गीतहरुको सूचिमा झार्नु असम्भव जस्तो भयो 
मलाई

दिन भरी जसो घोरिएर कुन गीत हटाउने कुनलाई राख्ने  कुन नम्वर वन कुन फाइव  कुनलाई बारौ स्थानमा 
राख्ने  दिमागले चक्कर खाइरहयो  केरमेट चलिरह्यो सारा दिन मेरो  सरले अझ भन्नु भएको थियो हिन्दी
गीतको पनिराख्नु  अह कुनै  मलाई सफलता मिलेन  बल्ल तल्ल बनाएको थिए यस्तो सूचि मनपर्ने गीतहरुको मेरो 

  1. पोहरसाल खुशि फाट्यो जतन गरि मनले टाले ......
  2. केही मीठो बात गर रात त्यसैै ......
  3. रातो  चन्द्र सूर्य .......
  4. गाँउ गाँउबाट उठ यो देशको मुहार
  5. चौतारीमा बसेर रुन पाउ......
  6.  अम्बर हू तिमी धर्ती.......
  7. अल्लाह तेरो नाम इशवर तेरो नाम ......
  8. यो जिन्दगीको के कुरा .......
  9. देशले रगत मागे मलाई बलि चढाउनु .....
  10. आशु होइन यी आँखाबाट अक्ष्यर पोखिएछ
  11. लगजा गलेसे
  12. दुनिया जिसे कहते है ......

दोस्रो दिन सरगमको पाठ सरलाई  बुझाए  अनि  आफुसित असन्तुष्ट भए जस्तो गरेर मनपरेको गीतको सूचि सरलाई थमाएको थिए 

‘ यो लिस्टमा मन परेको छुटेको गीतहरु धेरै छन् सर   लिस्टलाई कोटको खल्तिमा राख्दै सरले मेरो यो हल्का गुनासोलाई सुन्नु भएको थियो  सरले मलाई ढडास दिदै भन्नु भएको थियो ‘तिम्रो गीतको चयन कस्तो कस्तो  खालको रहेछ भनेर हेर्न खोजेको हो  ’  

सरगमको मेरो यात्रा शुरु भएको थियो  एकदम नियमित भएर हरेक कक्षामा समयमा हाजिर हुन्थ्ये  बडो निष्ठाले सरको  हरेक कुरा सिक्न चाहन्थे  हल्का गुनासो केही विधार्थीको सुनिन थालेको थियो कक्षा बडो
बेसिक भयो  यही  खोजिरहकेको थिए मैले  एकदम बेसिक सङ्गीतको     बाट  

बालापनदेखि गीतहरु प्रसस्त गाएको हो  स्कूल हुदै  क्याम्पस  युनिवरसिटीमा  स्टेजअफिसकिचेन,कोठा बाथरुम चाहे बगैचा जाउ या मोटरसाइकल ड्राइभ गरेर हिडुगीत अधरमा झुण्डिरहेको पाउथे तर अब गाउन मात्र होइन सङ्गीत कला यो शास्त्रलाई बुझन आत्मसात गर्न चाहन्थे  अनि शुरुवात     बाट हुनुपर्छ    बडो खुशि  सन्तुष्ट थिए 

दङ्ग परेको थिए सरको औला समातेर सरगमको यस यात्रामा  टुकुटुकु हिड्न सिक्दैछु  सर हरेक कक्षाको  शुरुवात सङ्गीतको सैदान्तिक ज्ञानबाट गर्नु हुन्थ्यो अनि नयाँ दिनुभएको पाठको  अभ्यासहरु कक्षामा 
राखिएको हार्मोनियममा आफैले गरेर सिकाउनु हुन्थयो  हरेक नयाँ पाठ पुरानो पाठ राम्ररी बुझाए पछि मात्र 
थप्नु हुन्थयोे   पाठ बुझाउन नसके  त्यही अभ्यास दोहरिन्थ्यो 

स्वर बिस्तारआलाप , स्वर चिन्ने अभ्यास , इयर ट्रेनिङ्ग शुद्ध सुनवाइस्वरको शुद्धताजरफ,स्वरलाई लिदा फाल्दा सहजता ल्याउने अभ्यास, ..सरले सिकाइरहनु भएको  हरेक कुराले मलाई चकित पारेको जस्तो हुन्थ्यो मलाई कति कुरा थाहै थिएन  लोकगीत , आधुनिक सङ्गीत  शास्त्रिय सङ्गीतको भेद जानेर   छक्कै परे 
सरबाट यो थाह पाएर लोकगीतमा  वटा मात्र स्वर हुन्छ  तर आधुनिक गीतमा  शास्त्रिय सङ्गीतमा  वटा र 
विकृत  वटा गरी जम्मा १२ वटा स्वरहरुको उपयोग गरिएको हुन्छ  सर सधैं हामीलाई डुबेर, एकचित्त भएर रीयाज गर्नु  भनेर जोड गर्नु हुन्छ ।  

छतको सबभन्दा माथिल्लो खुला कुना छानेको हुन्छु रीयाज गर्न अनि परतिर इण्डियन एमबेसीको घना जङ्गल पर्छ हाम्रो लाजिम्पाट घरको साँधमा । तर त्यतीबेला मलाई एउटा असाध्य व्यथाले पिरोलेको हुन्छ । छिटो चिसोले समात्छ मलाई  । आँखा पीरो हुन्छ ,आँशु आउछ अनि नाक ठप्पै बन्द हुन्छ । यति क्रोनिक कि ‘म ’ र ‘न’ वर्णको समेत उच्चारण गर्न सक्दिन थिए । पत्रकारिता व्यवसायमा लागेको मेरो व्यस्त दिन रातहरुलाई यो व्यथाले असर गरिरहेको थियो  र मेरो सबभन्दा प्रिय कुरा गीत गाउनुबाट मलाई टाढा लग्दै थियो । कहिलेकाही त मरिदिउ जस्तो हताश अवस्थामा पुग्थे  ।  राती सुत्न नसकेर सिरानीमा अडेस लगाएर निदाउन कोशिश गर्थे । झुपुक्क निदाइ हाले  एमबुलेन्समा राखेर कसैले मलाई अक्सिजन मास्क लगाएको सपना  देख्थ्ये अनि सास फेर्न नसकेर छटपटाएर बिउझिन्थ्ये । डाक्टरहरुको एन्टिबायोटिक र औषधिहरु, वैधको नाकमा लिने नस , चाइनिज अकुपन्चर , योगाचार्यहरुको माटो लेपन र तातोपानीको उपचार देखि नाकमा पानी ,रबर धागोको रेति हाल्ने , होमोप्याथी जडीबुटी सबै चाहरीसकेको थिए । केहीले निको पार्न सकेको थिएन  मलाई । डाक्टरहरु मलाई कोल्ड एलर्जी भएको भन्छन । मेरो नाकको अप्रेसन गर्न सल्लाह दिन्छन । मेरो दैनिकी उनीहरुले दिएको नोजल ड्रपले चल्ने गरेको हुन्छ । जसलाई दिनको तीनपटक लगाउन सकिन्छ । जसले चार पाँच घण्टा काम गर्छ ।  मेरो यो समस्या सरसित राख्छु । सर भन्नु हुन्छ ‘औषधिमा भन्दा रीयाजमा जोड गर । डटेर रीयाज गर ।’ सरको यो आदेश म सीरउपर लिन्छु । 
बिहानीको ताजा हावा , सरगमहरुको साधनामा मेरो नियमित स्वासको प्रणायाम हुनथालेर हो कि केही सातामै मेरो क्रोनिक अवस्था फरक देखिन थाल्छ । नोजल ड्रपमाथि भर पर्ने  अवस्थामा सुधार आउदै छ महिना दुइ महिनको रीयाज पछि त सजिलोसित निदाउन सक्ने भएको छु  । मनपरेको गीतहरु गाउन सक्ने भएको छु ।
नयाँ जीवन पाएको छ मेरो जीवनले । यो पहिलो अनुग्रह थियो मेरो अम्बर सरको ममाथि एकदिन सरले सोध्नु भयो , मेरो क्यासेट ‘कहिले लहर कहिले तरङ्ग’ सुनेको छौ ?  सरको क्यासेट ?‘ छैन सर ’ भनेर म मेरो अनभिज्ञतासित लजाउछु । सरले मेरोलागि क्यासेट ल्याइदिनु हुन्छ । पहिलो पटक फेरि दोहराएर तेहराएर सुन्छु तर मन अधाउदैन राति पनि सुन्दै निदाउछु बिहान उठेर फेरि सुन्छु । यो सुने पछि म सरको झन ठूलो भक्त बन्छु । शब्द ,स्वर र सङ्गीतको कस्तोे गहिरो मिलन , कती भाव र
 संबेदनाहरु ? उकाली चढदा पसिना पुस्ने, तिमी भूलमा पर्यौ,फेरि आशुले, कहिले लहर यो मनमा चल्छ ...म दूर भएर के भो ...सरको यो क्यासेटको सबै जसो गीतहरु अब मेरो मन र अधरमा सरिसक्छ  । गुन्गुनाउन थालेको छु सरलाई र अति खुशि छु  जीवन फेरि कस्तो सङ्गीतमय हुदैछ ।

 हरेक एक दिन बिराएर हुने सङ्गीतको कक्षा भदौ देखि दशै तिहार सकाउदै  मङ्गसिरसम्म नियमित जस्तो  चल्यो  काठमाण्डौमा जाडो बढन थालेको थियो  सर पानीपोखरीबाट टेम्पो चढेर आउनु हुन्छ रे भनेको सु्नेकोथिए  टेम्पोका हुलमुल  चिसो थेग्दै सर बिरामी जस्तो पर्नु हुन्छ त्यसैले सरको उपस्थिती बिस्तारै कक्षामा  घटन थाल्छ  रायन दाजुसित सरले दिएको पूर्व अभ्यासहरु दोहराएर विधार्थी सरलाई कुरेर फर्किन्छन नियमित चल्ने सङ्गीत कक्षा स्थगन हुन थाल्छ   कहिले रायनदाजु मलाई फोन गरेर कक्षा नहुने जानकारी
 दिनु हुन्छ  मन खसरक्क पर्छ  फेरि फोन आउछ सर आउने रे क्लास लिनलाई अनि  अस्मिताको कामसाम छाडेर कुद्धै दिल्ली बजारको उकालो लाग्छु  रायनदाजुलाई तल गेटमा सरलार्इृ पर्खिरहेको पाउछु  ‘सुसन अम्बर दाई क्वायर आयोजना गर्दै हुनुहुन्छ तिम्रो बारेका सोध्दै हुनुहुन्थयो तिम्रो रुचि  भने क्वायरमा भागलिने हो ?’

क्वायर कोरस संगानको स्वराञ्जली


सरले मलाई क्वायरको लागि छान्नु भयो खुशिले मेरो मन धकधक गर्छ   महिना भयो सङ्गीतको   
सिक्न थालेको  क्वायर गर्न सकुला   ? तर आफूमाथि कुन भर परेर हो ‘हुन्छभनिदिन्छु  तर मनको चोरले 
भने चैन लिन दिदैन ,चुनौति दिदै सोध्छ  नोटेशन पढ्न सक्छस ?’

पश्चिमाहरुको लोकप्रिय सङ्गीतको एउटा हाँगो क्वायर हो  जसलाई कोरस पनि भनिन्छ  यस गायनमा एक देखि सयौंको संख्यामा गायक तथा गायिकाहरुले विभिन्न स्वरका भागहरु एकैपटक एकसाथ उच्चारित गर्ने गर्छन  नेपालको लागि यो नितान्त नौलो सङ्गीत विधा हो  पछि बुझे  सरले यसको नेपाली नामाकरण संगगान  ‘ भनेर  गर्नु भएको रहेछ  सरबाट पाएको जानकारी अनुसार  यो क्यानटेटामाराओराटोर्ियो 
जस्ता अनेक प्रारुपमा पनि चिनिन्छन रे  नेपाली  सङ्गीतमा गहन कार्य गर्ने अभिप्रायले२०४९सालमा 
इन्द्रधनुषिय सन्ध्या’ भनेर पहिलो पटक नेपालमा क्वायरको सफल आयोजना  पछि सर यो दोस्रो  क्वायर गर्ने तयारीमा जुटनु भएको थियो 

पहिलो दिन भएको क्वायरको रिहर्सलमा भेट हुन्छ सरको खास चेला  चेलीहरु  सरको दीक्षाले वर्षौ देखि खारिएका आभासजी , राजकुमारजी , विरेन्द्रभाई , गंगाजीशिशिरजीरीनाचन्दा देवानसूरजभाईहरु  सरको यी गुनी  अनुभवी शिष्य शिष्याहरुको माझ आफूलाई  पाउछु सरको एकदम कनिष्ठ  काचो शिष्याको 
रुपमा  सरको चेलाचेलीहरु बाहेक यस भीडमा  देख्छु हिट्सएफ एमकी एन्कर मन्दिरा ,  सुक्मीत गुरुङ्ग,
ज्ञानु राणा,पवित्र सुब्बाउदय सोताङ  धनुुषा सिंहसृजनालरेटो सिहं आदी नाम चलेको गायक  गायिकाहरुको 
सहभागिता पनि   

रेडियो सगरमाथा एवं बातावरण पत्रकार समूह कनकमणि दीक्षित,बसन्त थापा ,मोहन मैनालीआदी हस्तीहरुको व्यवस्थापनमा क्वायरको रिहर्सल जोर सोरले चल्छ  क्वायरको गानको नोटेशनको फोटोकपी मैले पनि 
पाइसके  मेरो भागमा  गाउने कुन हिस्सा हो  मैले कुन सुरमा कुन समूहसित मिसिएर गाउनु पर्छ बिस्तारै
 बुझन थाल्छु  कतिपय अवस्थामा  संकट परेको बेला कतिपय ठाँउमा सङ्गीतको मेरो काचो अज्ञानतालाई 
सघाउने यस बखत सरको अति विनम्र  प्रतिभाशाली शिष्य सुरजको मलाई निकै ठूलो आडहुन्छन्   नबुझेको
धेरै कुरा उनलाई नै सोध्छु  अनि खुब मिहनेत गर्छु 

लय समातेर सुरको भरमा गाउने मैले भर्खर के बुझ्न थालेको थिए भने सङ्गीतलाई पढन सकिन्छ पढेर गाउन
सकिन्छ  

किबोर्ड  पियानोमा सरले  पहिला सरगममा खुव  रटाएर अभ्यास गराएपछि अनि बल्ल पछि मात्र शब्दमा 
 गाउने रिहर्सल गराउनु  हुन्थयो 

क्वायरको रिहर्सल 
सरको शब्द रहेको माथी आकाश तल धरतीजहाँ जहाँ हरियाली  अनि गीतकार रत्न सम्सेर ज्यूको शब्द रचना मधुमास फूल , छरी रैछ बाबरीसपना,घटनायातनाविविध विषयमा रचिएका जम्मा  बटा गीतहरु प्रकृति  र बातावरणमा फोकस गरिएका थिए क्वायर कन्डक्ट गर्न  रिहर्सलमा सरको सहयोगी हात बनेर  सरको दार्जिलिङ्गदेखिको शिष्य एवं साहित्यकार पिटर कार्थक ज्यूको आउनु हुन्छ  सरको अनुशासित  महिनौकोरिहर्सलपछि क्वायर निकै शशक्त  सुनिन्छ  विविध स्केलहरुमा  स्वरको गुन्जन  संगमले क्वायर दिनदिनै 
झनझन बेजोडको सुनिन थाल्छ  

जहाँ जहाँ हरियाली त्यही मेरो बास 
पन्छि  हु  चिरेबिरे बुझ कुरा खास 
तिमी रुख काट्छौ हेर बास हाम्रो टुट्छ
पहिरोले तिम्रो पनि घरबारी लुट्छ..
हिजो आज प्रकृति यो धेरै नै निराश 
तिमी बुझ या नबुझ कुरा हेर खास 

कुकुकुकु कुकुकुकु कुकुकुकु


क्वायरको यस गीतको बीचमा पालैपालो कोयलीको भाखामा कुकु कुकु गर्न पर्ने एउटा पंति आउथ्यो अनि आफु अनायसै कोयली बनेको आभासमा संगानका सहभागी गायकगायिकाहरु रमाउथे ।अनि साँझबिहान घरमा अभ्यास गर्दा भने रमाइलो मान्दै सानी मेरो छोरी मलाई सघाउथी कुकुकुकु ...कुकुकुकु....कोयली जस्तो मीठो स्वरकी  मेरो सानी आस्था मेरो कुहुकुहु ! 

क्वायरको रिहर्सलमा शिष्यशिष्याहरुको माझ कुरा भएको सुनेर  थाह पाए सरकहाँ सरस्वती पूजा मनाइयो रे हरेक साल सरस्वती पूजा सरकहाँ मनाउने चलन रहेछ ।  मन उदास भयो म त छुटेछु। तर थाह पाए फाल्गुन १४ गते सरको जन्मदिन हो रे अनि के थियो मलाई जायज बहाना मिलेको थियो 


सरलाई के उपहार मन पर्ला खुब सोचे । पुतली सडकको पसलहरु चहारे अनि बल्ल एउटा सिल्कको टाइसित म्याचिङ्ग रुमालको सेट मनपर्यो सो  किनेर फुलहरुको बुके लिएर पुगेको थिए पानी पोखरीमा बिहानै  डोरबेल बजाउन ।




बगैचा 
र फुलले भरिएको यो सुन्दर घरमा म पहिला पनि आएको थिए । एन कुफमेन सरको अमेरिकन बुहारीसित अस्मिता पत्रिकाको केही प्रोजेक्टहरुको सिलसिलामा । सर हालसाल यहाँ बस्नु भएको कुरा थाह थियो तर ढोका भने सरको छोरा राजुदाईले खोल्नु भयो । सर मोर्निङ्ग वाकमा जानु भएको रहेछ । मेरो श्रद्धालाई पोख्ने फुल र भावनाको सानो उपहारलाई त्यही छोडेर म फर्केको थिए । अब मेरो सिक्रेट काम थियो सरले लगाउनु भएको हरेक टाइ र कोटको खल्तीमा राख्नु भएको रुमाललाई नियालेर हेर्ने । मैले दिएको टाइको सेट कहिले लाउनु हुन्छ होला भन्ने हरेक पटकको मेरो निजी चासो र ध्याउन्न ।
..

नेपाल प्रज्ञा प्रतिष्ठानमा २०५४ चैत्र १२ गते ‘अम्बरको अमर भाखा’ शिर्षकमा दुइ चरणमा छुट्याइएको त्यो अविस्मरणिय सङ्गीतक साँझ । प्रज्ञा भवनमा  स्व. गोपाल  योञ्जनको कला पारखी मिसेज रिन्जेन योञ्जनको दीपमालाले  सजिएको कलात्मक  स्टेजमा सरको आवाजको जादु फैलिन्छ । पहिलो चरणमा सरको एकल गायनले प्रज्ञा हलमा जम्मा भएका सङ्गीत प्रेमीहरुलाई मन्त्रमुग्ध बनाउछ । स्टेजको पर्दा पछाडि उभिएर म सुन्दै जान्छु मलाई मनपर्ने एकपछि अर्को सरको गीतहरु  । यी गीतहरुको गहिरो सम्मोहनमा  डुबेर मानौ म कुनै अर्कै लोकमा पुगेको छु ।


यो महान साधकको साधनाको सिद्धिले होला ,सरको स्वरमा पाइने एउटा खास पन छ जसले मलाई सधैँ जादुको जस्तो असर गर्छ  बाहिरी संसारबाट च्वाट्ै चुडाएर अन्तसभित्रको गहिरो र निर्मल अलौकिक अनुभूतिहरुमा एक्लै लगेर छोडिदिन्छ । यो जादुको असर त्यतिबेला झन घना भएको पाउछु जब सर लाइभ गाउनु हुन्छ । जीवनमा पहिलो पटक सरलाई लाइभ सुनिरहेको थिए । कत्रो अहो भाग्य मेरो ,सुन्न मात्र होइन अझ साथ गाउन पाइरहेको थिए ।

हरियो सारीमा अम्बर सरको छेउमा उभिएको म J
सेकेण्ड हाफको अन्तराल पछि अब उदधोषण भइसक्यो  दोस्रो चरणको क्वायर गानको लागि ।  गायिकाहरु हल्का गुलाफी र हरियो साडीको पहिरनमा अनि  सेता सर्ट कालो पाइन्ट र कालो बो टाईमा सुसज्जित गायकहरुको २४ जनाको जमात माझ सरको पियानोमा संगान शुरु हुन्छ । कहिले नभएको पृथक र

अपरिचित अनुभूतिमा डुब्दै उत्रिदै स्रोताहरुलाई भावनाको संबेगमा बगाएर लैजान्छ ...



क्रमसः

Comments