सङ्गीतको मेरो अराध्य,मेरो अम्बर सर ! (भाग २)
ॐ
फागुन १४ गते अम्बर सरको शुभ जन्मदिनको
शुभ अवसरमा अम्बरसरको चरणमा वन्दना चढाउदै विस्थापित पत्रकारको यो डायरीको पानाहरु...
सुसन मास्के
सङ्गीतको मेरो अराध्य,मेरो अम्बर सर !
भाग २
भाग २
![]() |
| क्वायर संगगानको स्वर लहरीमा ... |
![]() |
| अन्तरबार्ता को बहानामा |
म सरकहा पुग्छु
प्रश्नहरु लिएर । पानीपोखरीमा राजु दाईको घरको फुलैफुल फुलेको बगैचाको कुर्सिमा बसेर सर मलाई पर्खिरहनु भएको पाउछु । अनि बिना म्याडम हसिलो अनुहारले ममाथि स्नेहले मुस्कुराउदै भन्नु हुन्छ ‘चिया बिस्कुट खाउ सुसन ।’ यो पहिलो भेटमानै म्यामसित म एउटा अदृश्य मायाको डोरीले बाधिएको हुन्छु ।
‘स्वर साधना तानपुरामा गरेको सबै भन्दा राम्रो , हार्मोनियममा पनि राम्रो तर यी बाजाहरुको सुर बेला बेलामा टयून गरिरहनु पर्छ । नत्र गलत सुर लागेर स्वर बिग्रन सक्छ । त्यसैले इलोक्ट्रेनिक बाजा किबोर्डमा स्वर साधना गरेको राम्रो ।’ सरले म्युजिक क्लासमा भनेको कुरा सम्झिन्छु । अस्मिता प्रकाशन गृहले संचालन गरेको एउटा परियोजना अन्तरगत आइएनजीओ सेड्पाकोलागि सुरक्षित मातृत्व र ग्रामिण महिलाहरुको सशक्तिकरणकोलागि तीनवटा पुस्तिकाहरु लेखेवापतको बीसहजार पारिश्रमिक मेरो हातमा परेको छ । अनि एउटा गतिलो किबोर्ड किन्ने तर्खर गर्छु ।
रायन दाजुसित बेला मौकामा फोनबाट कुरा भइरहन्छ , दाजुलाई भन्छु ‘किबोर्ड किन्नु छ मलाई छान्न आउदैन । ’ ‘ल म अम्बरसरलाई लिएर आउला । ’ मलाई रायन दाजुबाट मेरो मनले खोजिरहेको आश्वसन मिल्छ । अनि भेटने दिन तोकिन्छ । त्यो एउटा दिउसो हामी विशाल बजार पुगेका छौ । तेस्रो तल्लाको म्यूजिक शो रुममा पसले विभिन्न ब्रान्डको किबोेर्ड देखाउन थाल्छ । सर एउटा पछि अर्को किबोर्डको पर्दाहरुमा कोर्ड बजाएर हेर्दै छाड्दै गर्नु हु्न्छ । एउटा किबोर्डमा सरको औलाहरु लामो समयसम्म कोर्ड बजाउन व्यस्त हुन्छ । ‘हुं , यो ठीक छ । ’ पाँच अक्टेभको यामाहा किबोर्डसित सन्तुष्ट जस्तो भएर सर आफ्नो निर्णय सुनाउनु हुन्छ । रायन दाजु मोलतोल गरिदिनु हुन्छ पच्चीस हजार भनेको मोलबाट पसले एक्काइस हजारमा झर्छ ।
सरलाई पानीपोखरीमा ड्रप गर्नुछ मलाई अनि सर भन्नु हुन्छ ‘सुसन कमलादी हुदै जाउ है’ थाह पाए सर हरेक मंगलबार गणेश थानको दर्शन गर्नु हुदो रहेछ । ट्याक्सीलाई पर्खाएर हामी गणेश मन्दिर भित्रियौ अनि एउटा दीयो आफुले लिएर अर्को मलाई दिएर सरले तीन पटक गणेशथानको परिक्रमा गर्नु हुन्छ । म पनि सरलाई पछि पछि पछ्याउछु । अनि त के थियो सिद्धिविनायक गणेशजीको सरको यो आध्यात्मिक सानो रीतलाई म नबिराईकन हरेक मंगलबार पछ्याउन थाल्छु ।
लाजिम्पाट घरमा किबोर्ड आइपुगेको छ । मेरो इन्जिनियर श्रीमान् हरि झटपट किबोर्डलाई फिटफाट गरिदिन्छन् । इण्डियन एम्बेसीको रुखै रुखहरु देखिने बैठक कोठाको झ्याल नेर । पाँच अक्टेभको किबोर्डमा झ्याङ्ग झ्याङ्ग कोर्ड बजाउन थाल्छु कुनै सुरमा कुनै बेसुरा । तर बिहान पख सस्टेन बटनमा थिचेर पियानो मोडमा मान्द्रको प, मध्यमको सा नोटमा लामो साधनामा डुब्छु ।
म मेरो किबोर्डलाई किबोर्ड भन्नु भन्दा पियानो भन्न रुचाउछु । बिराटनगरमा हिन्दी सिनेमाहरु हेरेर हुर्केको मेरो बाल्यकाल हिरोहिरोइनले पियानोको सेतो कालो पर्दामा औलाहरु सार्दै गीत गाउदा म हुरुक्कै हुन्थ्ये ।यो बाजाको आवाज र गज्जबको सौन्दर्य देखेर म मख्ख पर्थे । घरमा आएर धाकदिन्थे म ठूलो भएपछि पियानो किन्छु । यो सपनालाई बिहे भएपछि मैले मेरो श्रीमान्सित पोखेको थिए । उनले एकदमै व्यवहारिक भएर भनिदिए ‘सानु हामी पियानो किन्न सक्दैनौ ।’ मनभित्रको यो सपनालाई कठोर यथार्थले चस्काएर दुखाएको थियो । कस्तो चित्त दुखेर रीस उठेको थियो , ल अहिले नसके पनि पछि किनैला भनिद्एिको भए हुन्थ्येन र म कति दिनसम्म ठुस्केर बसे हरिसित । मेरो एउटा साह्रै आत्मीय र असल दाजु हुनुहुन्छ नगेन्द्र दाजु । उहाँसित पनि कुन प्रसङ्गमा भन्न भियाएको रहेछु पियानो किन्ने कुरा । दाजुले हास्दै भन्नु भएको थियो ‘सानु ! जीवनमा अरु आवश्यकताहले तिम्रो पियानो किन्ने चाहनामाथि रिप्लेस गर्दै जानेछ ।’कति साँचो, मेरो भविष्य नै देखेको जस्तो गरी गरिदिएको
भविष्यवाणि । साच्चै नै पियानो भन्दा जरुरी साना र ठूला आवश्यकताहरुले संधै प्राथमिकता पाई रह्यो । घडेरी जोडियो , घर बन्यो , स्कुटर आयो ,मोटरसाइकल, कार आयो तर पियानो किन आएन ह ? बालापनको पियानो किन्ने त्यो निर्दोष सपनालाई प्रौढ हुदै बुढेसकालतिर कोल्टे फेर्नथालेको जीवनमा पुगेर पनि पुरा गर्न नसकेकोमा आफैप्रति मेरो हृदयभित्र खेदपूर्ण र गहिरो खोप छ । मेरो छोरा ओजस्वी पियानो सिक्दै छ उ पनि अम्बर सरले किनीदिनु भएको किबोर्डमा पियानो लेसन अभ्यास गर्छ । उ भन्छ ‘मामु पियानो किनी दे । ’ र म पनि सोच्छु यो पाला त पक्कै यो बर्ष त पक्कै ।
पियानो प्रसङ्गमा बहकिएर गएको मेरो सोचहरुलाई फेरि अम्बरसरमाथि फोकस गर्दा म पाउछु त्यतिबेला हाम्रो
सङ्गीत स्कूल फेरि शुरु हुने कुनै सुरसार र छाटकाट छैन । बरु अपर्झटको कार्यक्रम बनाएर सर र म्याडम अमेरिकातिर जानु भएको सूचना पो पाउछु रायन दाजुबाट । तर मेरो सङ्गीत साधना जारी राखेको छु । नियमित सरगम र सरले दिनु भएको पाठहरुको तमन्य भएर साधना गर्छु । पुस्तक पसलहरु चाहरेर शास्त्रिय सङ्गीत सम्बन्धित किताबहरु बटुलेको छु र स्वअध्ययन जारी राखेको छु ।
घरमा किबोर्ड छ । श्रीमानले बजाउने गीतार अनि फ्लुटसितै अलि पर कुनामा थन्किएर बसेको छ एउटा भायलेन । पियानो पछि मलाई मनपर्ने बाजा भायलेन हो । केही छ यसको तारहरुको कम्पनमा ,साह्रै सोलफूल । मेरो अन्तसमा थाह छैन कसलाई स्पर्श गर्छ मेरो आत्मालाई शायद ? भायलेन बजाउन आओेस नआओस अस्मिताको एउटा सेमिनारमा फिलिपिन्स गएको बेला त्यहाँको प्रसिद्ध बजार बक्लारानबाट भायलेन किनेर ल्याएको थिए । साथमा किनेको थिए पियानो र भायलेनको विगनर्स लेभलका दुइचारबटा किताबहरु । म मनमनै सानी आस्थालाई भायलेन सिकाउने सपना बुन्दै छु । अनि पियानो सिक्ने योजना आफ्नोलागि बुन्दैछु ।
यो दुबै सदकार्यकोलागि सरको खास शिष्य सुरज भन्दा उपयुक्त अरु को होला त ? रिहर्सलमा मैले देखेको थिए उ सबै खालको बाजाहरु बजाउन पोख्त छ । सर रिहर्सलमा थाक्नु भए पछि ‘ल सुरज बजाउ त ’भनेर पियानो, किबोर्ड सुरजको भरमा छाडिदिनु हुन्थ्यो । सुरजलाई कहिले गीतार त कहिले भायलेन समेत समातेको देखेको थिए मैले । राजकुमार जी भायलेन बजाउने सरको सबभन्दा योग्य शिष्य । तर मेरो पहूँच यतिबेला सुरजसित मात्र थियो । सुरज क्वायरको समयदेखि मलाई भाइजस्तो आत्मीय लाग्न थालेको थियो । एकदिन मैले उनलाई चियाखान लाजिम्पाट घरमा डाके र आफ्नो मनको कुरा खोले । सुरजले मेरो अनुरोधलाई बडो हार्दिकतासाथ स्वीकारे र भने ‘ दिदी अहिले म नै सिकिरहेको छु तर जति आउछ म सिकाउने कोशिश गर्छु । ’
अनि त के थियो सुरज भाई हामी आमा र छोरीको सुरज सर बनेर हप्ताको तीनदिन लाजिम्पाट घरमा भायलेन र किबोर्ड सिकाउन आउन थाले । नोटेशन माइनर मेजर जीसेभेन कोर्ड़का कतिपय गहिरा कुराहरु मेरो टाउको माथि माथि भएर जान्छ । बडो धैर्यले गभ्मिरताले सिकाउन तल्लिन सुरज मलाई किबोर्ड प्य्राक्टिस बढी गर्न जोड दिन्छन् । सानी आस्थाले भायलेन सिकिरहेको देखेर म मख्ख छु ।
केही महिना अमेरिका बसेर छोराछोरी भेटेर सर नेपाल फर्किनु भएको सुन्छु । मलाई सरलाई एकदम भेटन मन छ । अनि मौका पनि छिटै हात लागेको छ । सुरज मलाई सूचित गर्छन‘ दिदी गुरुपूर्णिमा आउदै छ सरकहाँ जानु पर्छ । गीतको तयारी गर्नुस है सरले गाउन पनि लगाउनु हुन्छ नी ।’ गुरुपूर्णिमाको बारे म एकदम अनभिज्ञ छु । जिज्ञासु भएर सुरजलाई केरकार गरिबस्छु । कस्तो हुन्छ गरुपूर्णिमा मनाउने रीत ? के व्यवस्था गर्नु पर्छ ? के लानु पर्छ ? फलफूल क्षमताले दिएको उपहारहरु जोडेर मोटरसाइकलमा सुरजलाई पछाडि राखेर म गुरुपूर्णिमा मनाउन सरकहाँ हिडिदिन्छु ।
सरको जेठा छोरा किशोरदाईकहाँ सरका शिष्य शिष्याहरु भेला भएका छन् । सर उज्यालो धपक्क बलेको मुहार लिएर तानपुरा समातेर बस्नु भएको छ । धूपबाति बलिरहेको सरस्वतीको प्रतिमा अगाडि रातो टीका र फूल पूजाको थाल छ । शिष्यशिष्याहरु एकएक गर्दै सरकोे समीप पुग्दछन । सर टीका लगाइदिनुु हुन्छ ,उनीहरु सरको चरण स्पर्श गर्छन र सर आशीर्वाद दिनु हुन्छ ।
![]() |
| गुरुपूर्णिमाको आशिष |
साजवाध समाउदै सरका प्रतिभाशाली गुरुभाइहरु सरका वरिपरि अनुशासित भइ बसेका छन् । तबला ,हार्मोनियम , किबोर्ड ,भायलेनको सुरमा सुर मिलाउदै टाङ्गटुङ्ग , ठाकठूक गर्न व्यस्त देखिन्छन ।
![]() |
| रागरागिनीहरुको तरङ्ग फैलाउदै अम्बर सर |
उर्लेर आउछ भेल जस्तो आनन्द मनभित्र ।
अनि अनायास चकमन्न फैलिएको छ र सरले भनेको सुन्छु ‘ ल अब तिमीहरु गाउनु । ’ सरका शिष्य शिष्या कस्सिएको छन् पालैपिलो सरको गीतहरु त कोही आफैले रचेको गीत सुनाउछन कोही सुनाउछन् आधुनिक नयाँ पुराना नेपाली गीतहरु त कुनै लता रफीका पुराना हिन्दी गीतहरु । म तमन्यतासित सुनिबस्छु ।
मतिर औल्याउदै सर आदेश दिनु हुन्छ ‘अब तिमी गाउ त ।’ सरको अगाडि पहिलो पटक गाउने निम्तोले मेरो मुटुको टेम्पो द्रुत गतिले ढुक ढुक गर्छ । ‘ केही मीठो बात गर ’ म नारायण गोपालको कालजेयी गीत गाउछु । सरको फेरि आदेश आउछ अर्को पनि गाउ कुनै हिन्दी । सरको फर्माइसमा खुशि भएर गाउछु लताको यो मलाइ साह्रै मनपर्ने गीत ‘अल्लाह तेरो नाम ई्श्वर तेरो नाम ।’
सुर छ ,सुरा छ ,आलुको कोफ्ताको व्यन्जन पनि छ । पूरी तरकारी ,गोलभेन्डा, आलुको पीरो अचार पनि छ । म तीन दङ्ग परेर घर फर्किन्छु । पहिलो गुरुपूर्णिमा मनाएको खुशियालीमा मलाई राम्ररी निदाउन समेत गारो पर्छ । ओछ्यानमा पल्टेर म पूर्णेको जुनलाई नियाली बस्छु यो रात कस्तो चकहिलो उज्यालो र नयाँ ह ?
निश्छल सरल र गहन अम्बरपन
गुरुपूर्णिमा पछि सुरजसित म एकदुइ चक्कर सरकहाँ लगाउछु तर सङ्गीत सिकाइ पून थालनी हुन सकिरहेको छैन । सरको अस्थायी बास छ । सर कहिले राजु दाइ कहाँ कहिले किशोर दाइ कहाँ बस्नु हुन्छ । बिना म्याम अमेरिकाबाट फिर्नु भएको छैन अनि एकदिन कुन हिम्मत गरेर म फोनबाटै सरलाई लाजिम्पाट घरमा खानखान निम्त्याउछु । तर मलाई पक्का विश्वास छ सरले मलाई टार्नु हुनेछ । तर मलाई तीन छक्क पार्दै सर‘ हुन्छ म साढे एघार बजे आउला ’पो भन्नु हुन्छ । दङ्ग परेर म तैयारीमा लाग्छु । तर कस्तो दुर्भाग्य त्यो शनिवार नेपाल बन्द पर्छ । तर म भित्र भने आफूलाई आश्वसन दिन्छु पानीपोखरी राजुदाइको घर लाजिम्पाटबाट टाढा छैन सर पक्कै आउनु हुन्छ । हाम्रो घर अलि गल्लिहरु भित्र पर्छ अलमल नहोस भनेर म होटल सांग्रिला अगाडि सरलाई कुरेर बस्छु । नियत समयमा सरलाई परबाट हिडदै आउदै गरेको देख्छु । सर त त्यो दिन किशोरदाइको घरमा हुनुहुदो रहेछ र चक्रपथको गंगालाल हस्पिटलको दुरीबाट हिडदै आउनु भएको रहेछ । सरलाई हिडाएर यति धेरै दुःख दिएकोमा मनको एउटा कुनामा म दोषी अनुभव गरिरहेको थिए भने अर्कोतिर भक्तको घरमा भगवान आएको जस्तो गरी मेरो मन खुशीले गदगद पनि थियो । भुइमा खुट्टा थिएन मेरो ।
मेरो गृहस्थिमा भोजपुर पहाडबाट भर्खरै हामीसित बस्न आउनु भएको मेरो सासु ससुरा ज्यू , मेरी सानी आस्था , बिराटनगरबाट काठमाडौं पढन उक्लिएकि मेरी कान्छि बहिनी सुषमा अनि मलाई घरको कामकाज सघाउने बैनी बिमला सबैसित आत्मीयतासित भेटेर सरले सोध्नुभएको थियो ‘ज्वाई साहेव खै त ?’ दुइ वर्षकोलागि अध्ययनकोलागि भर्खरै कोलोराडो जानु भएको छ सर । ‘ए नियास्रो लागेको होला तिमीलाई ’ सर मलाई सहानुभूति पोख्नु हुन्छ । तर बिछोडहरुको म अभ्यस्त छु म सरलाई थाहा दिन्न कामको सिलसिलामा हामी एकअर्कासित कति बिछोडमा परिरहन्छौ भनेर ।
सरलाई के खाना मनपर्ला भनेर केही व्यन्जन बनाएको थिए केही ट्रेडिशनल त केही रेसिपी बुक हेरेर । अनि टेबलमा स्न्याक्सहरु । पापड, बादाम, चिकेन चिली, काजु, अनि ड्रिन्क्स के राख्ने होला ? कोक ,फेन्टा ,पानीको बोटल, अनि एउटा रेडवाइनसित टेबलमा शिशाको ग्लासहरु पनि सजाइदिएको थिए । सरलाई जे मनपर्ला । म संकोचले बसेको देखेर सरले रेडवानइनतिर औलाले देखाएर मलाई सजिलो बनाउदै अराउनु भयो ‘ यो खोल अनि गिलासमा राख । ’अनि भुटेको काजुको कचौरा तानेर कुपुकुपु काजु खाएको देखेर थाह पाए सरलाई काजु मनपर्दो रहेछ ।
‘तिम्रो हार्मोनियम देखाउ त ’ एकछिन बजाएपछि सर भन्नु हुन्छ‘ म कहाँ ल्याउनु हर्माेनियम माइलालाई बोलाएर यसलाई टयूनिङ्ग गर्न पर्छ । ’ त्यो अपरान्ह सर सबै भोजन मीठो मानेर खाइदिनु हुन्छ अनि मलाई एउटा भारतीय उस्तादसितको विभन्न अनुभवहरु सुनाउनु हुन्छ । सरको शास्त्रिय साङ्गितिक ज्ञान कुनै निश्चित स्कूलको पठनपाठनबाट नभएर सरले विभिन्न प्रयत्नहरुले एकत्रित गर्नु भएको ज्ञान रहेछ । शास्त्रिय सङ्गीत सिक्ने अभिलाषाले सर एकपटक दार्जिलिङ्गबाट कलकत्ताको एक भारतीय उस्ताद कहा जानु भएको रहेछ । उस्ताद भने सरलाई दिनभरी जस्तो कुराएर ‘कल फिर आना हा ’ भन्दै केही नसिकाइ फर्काएर पठाउदो रहेछ । एक मित्रको घरमा बस्नुभएको सरको साथ लगेको पैसा पनि सकिदै गएको थियो रे तर उस्ताद भने दिनदिनै ‘कल आना हा ’ भन्दै सरलाई रित्तो हात पठाउदो रहेछ । सरले मित्रसंग सल्लाह गरेर ‘भो अब दार्जिलिङ्ग फर्किन्छु केही सिकाएको हैन ’ भनेर दिक्क मान्दै त्यो दिन बिदा माग्न उस्तादकहा पुग्दा त ‘आइए अम्बरसाहेब हम आपके धैर्यको परख रहे थे शास्त्रिय सङ्गीत सिखनेके लिए बहुत धैर्य होना चाहिए ।’ अनि उसले सरलाई घेरै कुरा सिकायो रे । सरसितको मेरो त्यो अपरान्ह अविस्मरणिय भएर बित्दैछ अनि सर मलाई जादाजादै गहिरो कुरा भन्नु हुन्छ ‘अहिलेको जमानामा योग्य गुरु पाउन गारो हुन्छ तर योग्य शिष्य पाउन त्यो भन्दा पनि गारो हुन्छ ।’
त्यो दिन उस्तादसित सरको धैर्यले जवाफ दिइसकेको थियो भाग्यवस त्यो दिन धन्नले त्यो उस्तादको भने सरको परीक्षा लिने धैर्य सकिएकोे दिन परेछ । म मनमनै प्रण लिन्छु ‘सरले मसित जे परीक्षा लिन चाहानु भए म धैर्यले पुरा गर्न सकु म सरको योग्य नभए पनि विनीत शिष्य बन्न सकु ।’
गुरुपूर्णिमा पछि सुरजसित म एकदुइ चक्कर सरकहाँ लगाउछु तर सङ्गीत सिकाइ पून थालनी हुन सकिरहेको छैन । सरको अस्थायी बास छ । सर कहिले राजु दाइ कहाँ कहिले किशोर दाइ कहाँ बस्नु हुन्छ । बिना म्याम अमेरिकाबाट फिर्नु भएको छैन अनि एकदिन कुन हिम्मत गरेर म फोनबाटै सरलाई लाजिम्पाट घरमा खानखान निम्त्याउछु । तर मलाई पक्का विश्वास छ सरले मलाई टार्नु हुनेछ । तर मलाई तीन छक्क पार्दै सर‘ हुन्छ म साढे एघार बजे आउला ’पो भन्नु हुन्छ । दङ्ग परेर म तैयारीमा लाग्छु । तर कस्तो दुर्भाग्य त्यो शनिवार नेपाल बन्द पर्छ । तर म भित्र भने आफूलाई आश्वसन दिन्छु पानीपोखरी राजुदाइको घर लाजिम्पाटबाट टाढा छैन सर पक्कै आउनु हुन्छ । हाम्रो घर अलि गल्लिहरु भित्र पर्छ अलमल नहोस भनेर म होटल सांग्रिला अगाडि सरलाई कुरेर बस्छु । नियत समयमा सरलाई परबाट हिडदै आउदै गरेको देख्छु । सर त त्यो दिन किशोरदाइको घरमा हुनुहुदो रहेछ र चक्रपथको गंगालाल हस्पिटलको दुरीबाट हिडदै आउनु भएको रहेछ । सरलाई हिडाएर यति धेरै दुःख दिएकोमा मनको एउटा कुनामा म दोषी अनुभव गरिरहेको थिए भने अर्कोतिर भक्तको घरमा भगवान आएको जस्तो गरी मेरो मन खुशीले गदगद पनि थियो । भुइमा खुट्टा थिएन मेरो ।
| लाजिम्पाटको हाम्रो घर |
सरलाई के खाना मनपर्ला भनेर केही व्यन्जन बनाएको थिए केही ट्रेडिशनल त केही रेसिपी बुक हेरेर । अनि टेबलमा स्न्याक्सहरु । पापड, बादाम, चिकेन चिली, काजु, अनि ड्रिन्क्स के राख्ने होला ? कोक ,फेन्टा ,पानीको बोटल, अनि एउटा रेडवाइनसित टेबलमा शिशाको ग्लासहरु पनि सजाइदिएको थिए । सरलाई जे मनपर्ला । म संकोचले बसेको देखेर सरले रेडवानइनतिर औलाले देखाएर मलाई सजिलो बनाउदै अराउनु भयो ‘ यो खोल अनि गिलासमा राख । ’अनि भुटेको काजुको कचौरा तानेर कुपुकुपु काजु खाएको देखेर थाह पाए सरलाई काजु मनपर्दो रहेछ ।
‘तिम्रो हार्मोनियम देखाउ त ’ एकछिन बजाएपछि सर भन्नु हुन्छ‘ म कहाँ ल्याउनु हर्माेनियम माइलालाई बोलाएर यसलाई टयूनिङ्ग गर्न पर्छ । ’ त्यो अपरान्ह सर सबै भोजन मीठो मानेर खाइदिनु हुन्छ अनि मलाई एउटा भारतीय उस्तादसितको विभन्न अनुभवहरु सुनाउनु हुन्छ । सरको शास्त्रिय साङ्गितिक ज्ञान कुनै निश्चित स्कूलको पठनपाठनबाट नभएर सरले विभिन्न प्रयत्नहरुले एकत्रित गर्नु भएको ज्ञान रहेछ । शास्त्रिय सङ्गीत सिक्ने अभिलाषाले सर एकपटक दार्जिलिङ्गबाट कलकत्ताको एक भारतीय उस्ताद कहा जानु भएको रहेछ । उस्ताद भने सरलाई दिनभरी जस्तो कुराएर ‘कल फिर आना हा ’ भन्दै केही नसिकाइ फर्काएर पठाउदो रहेछ । एक मित्रको घरमा बस्नुभएको सरको साथ लगेको पैसा पनि सकिदै गएको थियो रे तर उस्ताद भने दिनदिनै ‘कल आना हा ’ भन्दै सरलाई रित्तो हात पठाउदो रहेछ । सरले मित्रसंग सल्लाह गरेर ‘भो अब दार्जिलिङ्ग फर्किन्छु केही सिकाएको हैन ’ भनेर दिक्क मान्दै त्यो दिन बिदा माग्न उस्तादकहा पुग्दा त ‘आइए अम्बरसाहेब हम आपके धैर्यको परख रहे थे शास्त्रिय सङ्गीत सिखनेके लिए बहुत धैर्य होना चाहिए ।’ अनि उसले सरलाई घेरै कुरा सिकायो रे । सरसितको मेरो त्यो अपरान्ह अविस्मरणिय भएर बित्दैछ अनि सर मलाई जादाजादै गहिरो कुरा भन्नु हुन्छ ‘अहिलेको जमानामा योग्य गुरु पाउन गारो हुन्छ तर योग्य शिष्य पाउन त्यो भन्दा पनि गारो हुन्छ ।’
त्यो दिन उस्तादसित सरको धैर्यले जवाफ दिइसकेको थियो भाग्यवस त्यो दिन धन्नले त्यो उस्तादको भने सरको परीक्षा लिने धैर्य सकिएकोे दिन परेछ । म मनमनै प्रण लिन्छु ‘सरले मसित जे परीक्षा लिन चाहानु भए म धैर्यले पुरा गर्न सकु म सरको योग्य नभए पनि विनीत शिष्य बन्न सकु ।’
गुरुकुल मेरो माइतघर
हार्मोनियम लिएर सरकहा पुगेको छु । उपचार पाएर मेरो हार्मोनियम अरु मीठोसुरमा बज्न थालेको छ । जाडो बित्न थालेको छ अनि सरस्वति पूजा फेरि फर्केर आएको छ ।
हार्मोनियम लिएर सरकहा पुगेको छु । उपचार पाएर मेरो हार्मोनियम अरु मीठोसुरमा बज्न थालेको छ । जाडो बित्न थालेको छ अनि सरस्वति पूजा फेरि फर्केर आएको छ ।
![]() |
| सरस्वति पूजाको अवसरमा |
म लुसुक्क बाहिरिन्छु । मोटरसाइकल स्टार्ट गरेर फुररर्र उडछु । र बाटो भरि सरसित मुग्ध भइरहन्छु । सरले मलाइ आज कति ठुलो स्थानमा लगेर राखिदिनु भएको छ । चेलिबेटी बाबै । नेपाली शब्दकोशको यो शब्द मलाई साह्रै मनपर्छ । चेलिबेटीको आदरार्थी यो एउटा शब्दले महिलाजातलाई मानौ सारा स्नेह र अपनत्व र सम्मान खनाइदिएको जस्तो । यो दिनदेखि गुरुकुल मलाई माइत जस्तो लाग्न थाल्छ ।
सुरजभाइबाट जानकारी मिल्छ सर डेरा खोज्दै हुनुहुन्छ‘ दिदी एउटा ठीक्कको कोठा चाहिएको छ सरकोलागि । भाँडा त्यति महङ्गो होइन ।’ सुरजभाइलाई लिएर लाजिम्पाट र महाराजगन्जतिरका मेरो नातागोता छर छिमेकतिर पुग्छु । महाराजगंजको एउटा डेरा सरलाई अलि मनपरेको जस्तो हुन्छ ‘सानु यो घरपटिअलि किचकिचे छ है गानाबजाना गरेको मन पराउदैन होला ’ दिदी भिनाजु मलाई खुसुक्क सूचित गर्नु हुन्छ । हरे शिव ! कस्तो अभागि मान्छे रहिछ गानाबजाना मननपर्ने म दिक्क भएर हिडछु ।
![]() |
| पुस्तक मेला - जर्मनी |
अस्मिता प्रकाशन गृहलाई जमर्नीमा पुस्तक प्रर्दशन मेलामा भागलिने निम्तो आएको छ । म अस्मिताको प्रतिनिधित्व गर्दै जर्मनी लाग्छु ।अनि तीनहप्तापछि नेपाल फर्किन्छु । सुरज भाइबाट सर बाँसघारीतिर सर्नु भएको थाह पाउछु । म डेरा खोज्दै पुग्छु । एउटा सिङ्गै एकतले घर बगैचा तीनबटा फराकिलो कोठा र किचन भएको घर मलाई मनपर्छ ।तर सर विरामी जस्तो देख्छु । ज्वरो आएको छ सरलाई । सूप ब्रेड फलफुल लग्छु फ्रिजमा राखेको बटरको सानो टुक्रामा सूप बनाएर सरको टेबलमा राखिदिन्छु अनि सरले सुपुसुपु सुप खाएको हेरिबस्छु । बिना म्याडम अमेरिकाबाट फर्किनु भएको छैन । ‘सर म कहा जाउ म रेखदेख सेवा गर्छु नि ’सर मुसुमुसु हासेर मलाई टारिदिनु हुन्छ । अस्मितामा भनिदिएको छु केही दिन अफिस आउदिन ‘गुरुको सेवा गर्नु छ सुसन दिदीलाई ’अस्मिताका साथीहरु मलाई छेड हान्छन् ।‘ गुरुको सेवा गर्न भाग्य चाहिन्छ ’ मेरो जवाफसित उनीहरु समहमत छन् ।
यो घरमा सर घरिघरि बिसन्चोमा परिराख्नु हुन्छ । छिमेककाले सर सुत्ने कोठामा घरपटिको किशोर छोरा झुण्डिएर मरेको कुरा सुनाए पछि यो घर नजिकैको अर्को घरमा तत्कालै सर डेरा सर्नु हुन्छ । सरको स्वास्थ राम्रो हुन थाले पछि यहाँ शनिवारहरुमा मेरो नियमित लेसनहरु पनि शुरु भएको छ । म्याडम पनि अमेरिकाबाट फर्किनु भएको छ ।
प्रज्ञा प्रतिष्ठानको कुलपति पदबाट हालै रीटायर्ड हुनुुभएको सर भावनात्मक र आर्थिक समस्याहरुसित जुधिरहनु भएको छ । तर सरको ढोकामा भने सबै कुरा निशुल्क छ । सर हामीसित केही माग्नु हुदैन खाली दिनु हुन्छ । जस्तो एउटा वृक्षले छाहारीको मोल खोज्दैन आफ्नो फलको मोल माग्दैन । जस्तो फुलले सुगन्धको कुनै मोल लगाउदैन । खोलाले तिर्खालुसित पानीको शुल्क खाज्दैन । सर दिन जान्नु हुन्छ लिन जान्नु हुदैन । त्यसो त सरलाई पैसा नचाहिने होइन । बाँच्न हरकोही मान्छेलाई पैसा चाहिन्छ । जीवनको बेसिक निडस सबैको हुन्छ कलाकारको जीवन यसको अपवाद छैन । व्यवहारिक जीवन ,परिवार सबैको जस्तो एउटा कलाकारको पनि हुन्छ । सरको पनि छ । तर अभाव र अस्थिरताहरुमा पनि सरमा सन्तोष गर्ने खुबी छ एउटा सन्तले जस्तो ।
यो बर्षको गुरुपूर्णिमा फेरी फर्केर आएको छ । म अलि छिटो पुगेको छु । म्याडमलाई सन्चो छैन, बेडमा पल्टिरहेको देख्छु । अनि किचनमा हेर्छु सरले किनेर ल्याउनु भएको चिउरा, आलु अनि प्याज प्लास्टिकको झोलामै छ । शिष्यहरु भेला हुने बेला भइसकेको छ पकाउने समय छैन । म हतारिएर चक्रपथको मिठाइपसलबाट जेरी, समोसा, निम्कि ,फुरनदाना अनि कागजको प्लेट ,प्लास्टिकको चम्चाहरु किनेर फर्किन्छु । अनि सबैको भाग बनाएर राखिदिन्छु ।
![]() |
| फर्किएर आएको गुरुपुर्णिमाको साँझ |
गुरुपुर्णिमाको साँझ फेरि उस्तै सङ्गीतमय भएर वातावरणभरी फैलिएको छ । सर मलाई सूचित गर्नु हुन्छ ‘ सुसन दीप आउँछन उसकोलागि पनि भाग राख्न नबिर्सिनु । ’ ‘छ सर किचनमा केही भागहरु अझै बाकि छ’ म सरलाई आश्वस्त पार्छु । दीप श्रेष्ठ सरलाई दादा भनेर सम्बोधन गर्छन उनी सरको प्रिय छन सर प्रज्ञा प्रतिष्ठानको कुलपति हुदादेखिको उनीसितको सम्बन्ध आत्मीय छ । उनी मेरो किशोर अवस्थादेखिको अति मनपर्ने गायक हुन अझै पनि उनको गीतहरु गाउदा म कुनै किशोरी जस्तै मख्ख पर्ने गर्छु ।
रागरागिनीहरुको भुलभूलु कुलकुल खोलीहरुमा बग्दै
भक्तपुरमा‘ अम्बर र शिष्यहरु ’ भनेर शोको तैयारी चलेको छ सर हामी शिष्यहरुलाई गीत गाउन सिकाइरेहनु भएको छ ।
भक्तपुरमा‘ अम्बर र शिष्यहरु ’ भनेर शोको तैयारी चलेको छ सर हामी शिष्यहरुलाई गीत गाउन सिकाइरेहनु भएको छ ।
![]() |
| भक्तपुर साँझको तयारीमा |
| शास्त्रिय संगीत ज्ञानको दर्शन |
![]() |
| सरले किनिदिनु भएको स्त्री स्वरको तानपुरा |
सरको भनाइ अनुसार भोकल क्यापिटल गायक गायिकाहरुसित हुन ज्यादै जरुरी छ यो क्यापिटल केवल स्वर साधना र अभ्यासबाट संचित हुन्छ । बैंकमा पैसा जम्मा गरेको जस्तो लेसनहरुको अभ्यास गर्दै यो कण्ठ धनलाई संचय गर्दै जाने कुरामा सर जोड दिनु हुन्छ । म सरको हरेक आदेश शिरोपर गर्छु । सर मलाई बेलाबखतमा भन्नु हुन्छ ‘ तिम्रो र मेरो भेट ढिलो भयो हगी ? तर पीर नगर उमेर भन्दा पनि सङ्गीत भावना , संबेदनशिलतासित बढी जोडिएको हुन्छ र तिमीसित यो प्रसस्त छ । अनि यो एक जन्मको मात्र साधना होइन यो साधना पुरागर्न पाँच जन्मलिनु पर्छ ।’ म मनमनै सोच्छु ढिलै सही जति साधना भ्याउछु सर यो जन्ममा गरी भ्याउछु अनि हरेक जन्म सरको नै शिष्या भएर जन्मिन्छु ।
क्रमश........

Comments
Post a Comment