शोकलाई शक्तिमा ढालेर
ॐ
शोकलाई शक्तिमा ढालेर
सुसन मास्के
चिरिएको छ छाति
दुखेको छ हरकोही
बाचेको मनाउ म के खुशि
सुनेर क्रन्द्रन थिचिएको
भत्केको चर्केको घरहरुको


सम्हालु मन कुन हौसलाले
देख्छु जब माटोमा
मिलेको मेरो धरहरा
चर्केर स्वयम्भूको आँखा
झर्दैछ तप तप रगतको थोपा
ढलेको बौद्धनाथ स्तुपा
कला कौशलले सजिएको
पुर्खाको धरोहर ,मन्दिर मठ
बनेको क्षतविक्षित र जर्जर
शोक कोलाहल र सन्ताप
हरपल हरक्षणसित सन्त्रास
ढलपल थरथर बेचैन
सुन्दर ,शान्त , विशाल नेपाल
विरुप अशान्त र चिरा चिरा
फाटेको छ आज यो धरा

घाउमा मल्हम बनेर
जतन अब गरौ मिलेर
शोकलाई शक्तिमा ढालेर
अब उठौ नेपाली सारा
बन्दै एक अर्काको साहारा
बन्दै एक अर्काको साहारा
Comments
Post a Comment