यायावर
ॐ
यायावर
सुसन मास्के
बसेको एउटा बानी थियो
हेर्ने ,उसलाई झ्यालबाट
बिहान दिउसो र साँझ

बिहान दिउसोसम्म उ त्यही थियो
मैले हेर्दा मलाई अभिवादनको
परबाट हात हल्लाएको थियो
तर आज साँझ झिसमिसेमा
उ गयो मलाई अल्बिदा भन्दै
मेरो आँखा अगाडि
चुडिएर आज उ झर्दै थियोे
हाङ्गाबाट चुडिएर झरेको
पतझरको त्यो पात
मेरो घरअगाडिको रुखको
अन्तिम पात थियो
उसको कम्जोर देहलाई
हावाले चुडाउन बल गथ्र्यो
तर उ भने हवाको बेग
झेल्दै, एक्लो र जिद्धि
रुखको हाङ्गामा एक्लै
अघि भर्खरसम्म तुन्द्रुङ्ग
झुण्डिरहेको थियो
छ कि छैन ह ? उ आज ?
चिन्तामा उसको
झ्यालबाट नियाल्दा
चुनौती चिसो हावाको
बेग खेप्दै, मलाई हेर्दै
थरथर फरफर
कापेको जस्तो लाग्थ्यो
उसको त्यो थरथर फरफर
मेरो नजरमा नृत्य बन्दै थियो
उत्सव समापन जीवनको
शायद उ मनाउदै थियो
हावा उसलाई साथ उडाएर
लैजान आज व्यग्र थियो
हावाको तालसित
नाच्दै त्यो पात
आज हाङ्गाबाट झर्दै थियो
अन्तिम नृत्य उसको
अनुपम थियो
हावासित उ लखेटिएको हो कि
हावालाई उसले लखेटेको जस्तो
पतझडको त्यो मेरो घर अगाडिको
रुखको अन्तिम पात,
सिकाएर मलाई आज केही पाठ
मस्त तालमा उड्दै
मेरो घरको गल्ली
भएर जादै थियो
चुडिएर डालीबाट
यायावर बनेको थियो
मनखुशीको यात्रामा
आज उ निस्केको थियो ।
बिहान दिउसो र साँझ

बिहान दिउसोसम्म उ त्यही थियो
मैले हेर्दा मलाई अभिवादनको
परबाट हात हल्लाएको थियो
तर आज साँझ झिसमिसेमा
उ गयो मलाई अल्बिदा भन्दै
मेरो आँखा अगाडि
चुडिएर आज उ झर्दै थियोे
हाङ्गाबाट चुडिएर झरेको
पतझरको त्यो पात
मेरो घरअगाडिको रुखको
अन्तिम पात थियो
उसको कम्जोर देहलाई
हावाले चुडाउन बल गथ्र्यो
तर उ भने हवाको बेग
झेल्दै, एक्लो र जिद्धि
रुखको हाङ्गामा एक्लै
अघि भर्खरसम्म तुन्द्रुङ्ग
झुण्डिरहेको थियो
छ कि छैन ह ? उ आज ?चिन्तामा उसको
झ्यालबाट नियाल्दा
चुनौती चिसो हावाको
बेग खेप्दै, मलाई हेर्दै
थरथर फरफर
कापेको जस्तो लाग्थ्यो
उसको त्यो थरथर फरफर
मेरो नजरमा नृत्य बन्दै थियो
उत्सव समापन जीवनको
शायद उ मनाउदै थियो
हावा उसलाई साथ उडाएर
लैजान आज व्यग्र थियो
हावाको तालसित
नाच्दै त्यो पात
आज हाङ्गाबाट झर्दै थियो
अन्तिम नृत्य उसको
अनुपम थियो
हावासित उ लखेटिएको हो कि
हावालाई उसले लखेटेको जस्तो
पतझडको त्यो मेरो घर अगाडिको
रुखको अन्तिम पात,
सिकाएर मलाई आज केही पाठ
मस्त तालमा उड्दैमेरो घरको गल्ली
भएर जादै थियो
चुडिएर डालीबाट
यायावर बनेको थियो
मनखुशीको यात्रामा
आज उ निस्केको थियो ।
Comments
Post a Comment