शुभ यात्रा...

                                                                                ॐ 

शुभ यात्रा

 सुसन मास्के

यसरी सम्झन्छु
जसरी लिन्छु सास
थाहै नपाई
तर बाचिरहने कारण बन्छ

यसरी डुब्छु
थाहै नपाई सम्झनामा
जसरी ध्यान बन्छ
शून्यतामा

झस्केर जब
सम्झना तिरोहित हुन्छ
लाग्छ जीवन
जस्तो कुनै
भ्रम बन्छ ...


सुन्दर सृजनशील अनि कलात्मक जीवन बिताएर महाप्रस्थानको यस महाघडीमा ...
 शुभ यात्रा मेरो आराध्य मेरो अम्बर सर..

Comments