शुभ जन्मदिन अम्बर सर ....
ॐ
“देखे सपना साकार भयो
जे लेखे आकार भयो
बोली सबै झंकार भयो.....”
धेरै वर्षहरु अघि यो गीत 'अम्बर र शिष्यहरु..' भक्तपुर सांझ शोको लागि गाउन
भनेर सरले मेरोलागि रचिदिनु भएको थियो । जुन २०६५ सालमा रेर्कडिङ्ग भएर गुरु
शिष्याको ' सीमान्त ' एल्बममा संकलित भएको थियो । आज अम्बर सरको ८१ औं
शुभ जन्मदिन हो । यस पावन अवसरमा अम्बर सरलाई भक्ति र श्रद्घाको कहिले ननिभ्ने
कहिले नसुक्ने मेरो बन्दना चढाउदै सरको यो गीतलाई नेट संजालका स्रोताहरुलाई
सादर सर्मपण गर्दछु ।
शुभ जन्मदिन अम्बर सर ....
Comments
Post a Comment