सापेबगरकी कलावती
ॐ
सापेबगरकी कलावती
सुसन मास्के
सिलगढी सिलङ्गो डाली
सिल्देवी तलितर्क
सिल्देवी तलितर्क
जयाकोट बस्याकि छु
खाध्य घर मलतिर्ख ....
सापेबगरकी स्थानीय लोकगायिका कलावतीको जीवनको बहत्तरवटा बसन्तहरु फुलिसकेको छ । उमेरको यो अस्ताचलमा पुगेकी कलावतीसित मिसावट रहित चोखो लोकलयको विशाल रत्नहरुको भण्डार समेटिएको छ । तर उनको प्रतिभासित सारा दुनिया बेखवर छ । उनको वरिपरी कुनै स्रोता छैन न त उनको कलाको कदर गरिदिने कुनै पारखी । उनकोलागि न कहिले कुनै मन्च सजिएको छ नत उनको भागमा परेको नै छ उनको प्रशंसकहरुको तालीको गुन्जनहरु ।
| लोक कलाकार कलावती |

तर सूदुर पश्चिमेली मधुर भाखाहरुको महानदीमा सुसेली हाल्दै चल्तिका डेउडा ,घासे ,ठाडो
भाका , न्याउले भाका हरुमा जब उनी गाउन शुरु गर्छिन् , यस्तो लाग्छ सारा प्रकृति उनको स्रोता हुन । जो निस्तब्ध सुधबुध बिर्सेर हर मौसम उनलाई सधैँ सुनिबस्छ ।
उनको बस्तीको वरिपरि उभिएको हरियो पाखा पखेरोहरु , उनको सानो आगनमा ठीङ्ग उभिएका एउटा आँपको बोट र कागतीको झयाङ्ग , उनले देउतालाई चढाउन भनेर रोपेको सुन्दर चोखा फुल पातपतकरहरु यिनै उनको दैनिकी स्रोताहरु हुन । उनको अन्य स्रोताहरु हुन् , उनैको ढुङ्गे घरको आगनमा उफ्रि रहेका बाख्र्राका पाठा , छरछिमेकबाट चलखेलगर्दै उनको आँगन बेरोकटोक आइपुगेका आएका कुखुरा र चल्लाहरु साथै गोठमा उग्र्राइरहेको भैसी र छुनुमनु उफ्रिरहेका उनका साना दुइवटा पाडाहरु पनि ।
भाका , न्याउले भाका हरुमा जब उनी गाउन शुरु गर्छिन् , यस्तो लाग्छ सारा प्रकृति उनको स्रोता हुन । जो निस्तब्ध सुधबुध बिर्सेर हर मौसम उनलाई सधैँ सुनिबस्छ ।
| कलादेवीको स्रोताहरु |
उनको बस्तीको वरिपरि उभिएको हरियो पाखा पखेरोहरु , उनको सानो आगनमा ठीङ्ग उभिएका एउटा आँपको बोट र कागतीको झयाङ्ग , उनले देउतालाई चढाउन भनेर रोपेको सुन्दर चोखा फुल पातपतकरहरु यिनै उनको दैनिकी स्रोताहरु हुन । उनको अन्य स्रोताहरु हुन् , उनैको ढुङ्गे घरको आगनमा उफ्रि रहेका बाख्र्राका पाठा , छरछिमेकबाट चलखेलगर्दै उनको आँगन बेरोकटोक आइपुगेका आएका कुखुरा र चल्लाहरु साथै गोठमा उग्र्राइरहेको भैसी र छुनुमनु उफ्रिरहेका उनका साना दुइवटा पाडाहरु पनि ।
त्यो बिहान सख्खारै सिमसिमे पानीमा रुझिरहेको कलावतीको सानो जीर्ण ढुङ्गे घर अगाडि यो पंक्तिकार पुगेको थियो । “यतातिरको पुरानो स्थानीय लोकगीत गाइदिनु न त आमा ” मेरो आग्रह भुइमा खस्न पनि नपाउदै उनको सुरीलो कण्ठ पश्चिमान्चलका लोकभाखाहरु गुन्जाउन थाल्छ । त्यस दिन कलावतीलाई मन खोलेर गीत सुनाउन मौसमले पनि साथ दिएको थियो । अलि परको पहाड, डाडा र थुम्कोतिर बर्षिरहेका वर्षासित ठोक्किएर चिसोभएर बग्ने मन्द बतासहरुसित कलावतीको स्वरलहरी मिसिएर झन प्राकृत र मीठो सुनिएको थियो ।
“कहिलेदेखि गाउन थाल्नु भएको ? कसरी रच्नु हुन्छ यति मीठो गीतहरु ? ” उनी खितखित हास्छिन “खै बाबा संझना आउदैन जतिबेला संझन्छु गीत गायाकै गायाकै छु । कसरी भनु खै कताबाट आउछ ? सुरु सुरु खुरु खुरु आउछ । ”
| बेनामी प्रतिभा |
“कहिलेदेखि गाउन थाल्नु भएको ? कसरी रच्नु हुन्छ यति मीठो गीतहरु ? ” उनी खितखित हास्छिन “खै बाबा संझना आउदैन जतिबेला संझन्छु गीत गायाकै गायाकै छु । कसरी भनु खै कताबाट आउछ ? सुरु सुरु खुरु खुरु आउछ । ”
यतातिरका मान्छेहरु भन्छन् उनलाई गीत गाउन सधैं जागर चल्छ रे । विवाह, पास्नीतिर पूजाकर्म , कुनै अवसरहरु पनि उनी छोडन चाहदिनन् । उनी अरु महिलाहरुलाई पनि गाउन प्रेरित गर्छिन । गाउँका महिलाहरुले गीतगाउन लजाउदा उनी यस्ता महिलालाई सल्लाह दिन पछि पर्दिनन “ गाउन लाज र धक नमान स्वरहरु भित्र भित्र दबिन्छ ।”
गीतहरु गाउने जागरमात्र होइन उनीसित गीत तत्कालै रचिदिने आशुकवित्व प्रतिभा पनि छ । लेख्न पढन जान्दिनन् कलावती । तर मनमा भने हरक्षण गीतहरु मर्मस्पर्शी बोल बनेर फुरिरहन्छ । त्यसैले होला उनीभित्रको आशुकविलाई अरुको शब्द सापटी लिएर गाउन त्यति मनपर्दैन । आफुले गाउने गीत आफैले कथ्न मनपर्छ रे । उनी मसित सोध्छिन“ कस्तो गीत सुन्ने हो नेपालमा संविधान नबनेको गीत सुन्ने होे कि ? छाउपडीको गीत सुनाम ?”।
उनको श्रीमान बितेको पाँचवर्ष भएको छ । काडमाण्ठौमा बस्ने नातीले उनलाई हरिद्धार लगिदिने भनेको छ रे । उनको पनि अब यही ठहर छ “अब इश्वर तेता लाग्ने हो” भनेर ।
हरिद्धार जाने प्रतिक्षामा काटिरहेकोे वृद्धअवस्थाको यस एकाकी जीवनको सबभन्दा भरपर्दो साथी अब उनको भाकाहरु बनेका छन । उनलाई सुन्दा यस्तो लाग्छ उनको हृदयभित्र पुस्तौदेखि धरोहरको रुपमा सहजेर राखेको आछामी पश्चिमी लोकलयहरुको विशाल रत्न भण्डार समेटिएको छ । जो उनको यस वृद्धअवस्थाको हर क्षणमा हर खालको मनस्थितीको साथी बनेका छन् । पुर्खाका सुमुधुर भाकाहरुमा आफ्नो हर भावनाहरुलाई उनेर उनी गीतहरुमा अभिव्यक्ति दिइरहन्छिन् । आछामी मनोरम लोकलयहरुमा उनी मनको सारा हर्ष ,पीडा ,अनि चाहनाहरु पोखिरहन्छिन् । तारसप्तक सम्म पुगेका उनको स्वर लहरीहरुले बुढेसकाल र एकाकीपन बिर्साएर मानौ गीतहरुसित मात्र उनलाई एकाकार गरिदिएको छ , आत्मसात गरिदिसकेको छ ।
म उनलाई अझै ताजा परिक्षण गर्न खोज्छु र भन्छु “ अब तपाई त जाने रे अब हरिधाम वास गर्न । गीतैमा भन्नु न त ।“ अब क्या भनुम ता नी ” उनी आफैलाई सोधेको जस्तो गर्छिन । उनको आँखा हल्का फरफर गर्छ । सोचमा परेका आँखाको नानी निमेषभरकोलागि साँघुरो पर्छ तर मनमा फुरेको ताजा गीतकोबोल भने आछामी ठाडो भाखामा तत्कालै कण्ठबाट सललल पोखिन्छिन् ।
खादैन भनेको दिन
पाकी पकवान
हरिद्धार मर्न है जाउ
रक्षा भगवान
निरक्षर कलावतीसित मनको सबै खाले बहको ताला खोल्न शब्दको साँचो छ जो पुराना मधुर सुदुर पश्चिमी भाखामा छताछुल्ल भएर पोखिन आतुर छन् । गायनसितको यो लामो अनुराग र कलासितको यो एकल आराधनाको शक्तिले उनलाई साच्चैको कलावती बनाएको छ । लोकगीत र लोकलयको विशाल भण्डार बनेका उनको उमेरको यो सन्ध्या , उनलाई पत्तै नदिइ सुनौलो भएको छ । तर कहालीलाग्दो कुरा कलाको यो विशाल भण्डार अब उनीसितै अस्ताउने तर्खरमा पनि छ ।
| स्रोेताहरुको खोजमा कलावती |
"पाए त गाउदी हु नी रेडियामा पनि ।" उनको भित्र रहेको कलाकार शायद अझै स्रोेताहरुको खोजमा छ उनलाई आछाममा घन्किने स्थानीय एफ. एम. स्टेशनहरु बारे पनि थाह छ र आफुले गाएको गीत रेडियाबाट सुन्न पाए कस्तो हुदो हो भन्ने निर्दोष कल्पनाहरुमा रम्न पनि मन पर्छ । तर उनलाई खोज्दै कोही पनि उनको आँगनमा आइपुगेका छैनन्।
हाम्रो दुर्गम बस्ती र अँध्यारो आँगनहरुमै यस्ता धेरै बेनामी कलावतीहरु छन् जसकोे प्रतिभा गुमनाम छन् उनीहरुसितको यो सम्पदा अब उनीहरुसितै बिलाउने तरखरमा छ ।
“आजभोलि त कता बालन खेल्ने कताको रत्यौडि खेल्ने , विवाह उत्सवतिर गिदाउडीहरु भएर गाउने हो र अब त ? पुराना गीतहरु भन्दा क्यासेटमा गीतहरु बजाएर नाच्ने चलन पो चल्न थालेको छ गाउँघरतिर । मेरो छोरी यस्तो भाकामा गीत गाउन समेत लाज मान्छे । के गाएको होला भनेर दिक्क पो मान्छे ।” सापे बगरकी अर्की स्थानीय लोकगायिका केटी विश्वकर्मा चिन्ता पोख्छिन् ।

साँच्चै यी लोकलयहरु भाकाहरु अर्को पुस्तामा नसरे के हुने होला ? धरोधरको रुपमा एक पुस्ताबाट अर्को पुुस्तामा अनि आमाबाट छोरीहरुमा सरेर जाने भाकाहरुको ,नेपाली माटोको मौलिकपनमा हुर्केर आएको नेपाली लोकलयहरुको अस्तित्व के हुने होला ? संग्लो नेपाली माटोको मौलिकपन बोकेका यी भाकाहरु बनावटी मिसावटी हुदै आफ्ना सारा पहिचान गुमाउदै बिस्तारै विस्मृतिको गर्भमा विलिन होलान त ? के पुर्खाका यस मौलिक भाकाहरुको अमूल्य सम्पदाले यस पीढीकाहरुसम्मको मात्र आयु राख्लान त ? हाम्रो लोकलयका सम्पदा को सुरक्षा गर्न यस्ता बेनामी कलावतीहरुको खोजी के समयमा गरिनु पर्दैन ?
Susanji, Loved your article. Very well written and thought provoking. Thank you for sharing your appreciation and concern about the disappearing oral tradition in art and culture.
ReplyDelete