बर्षौँ पछि



बर्षौँ पछि
सुसन मास्के

पर्खेको मनले आजको दिनलाई हो
बर्षौँ पछि मेरो छेउ आएको यो फुर्सद हो

लखेटु म आँखाले आज बादललाई
कि पल्टेर मखमली हरियो दूबोमाथि
निहारु म नीलो अम्बरलाई

झिकेर पढु पुराना प्रेमपत्रहरुलाई
कि खोजु डायरीमा च्याप्पिएर
सुकेको त्यो खास फुललाई

सुकसुकाइ दिउ कि गहभरी आँसु भरेर
कि एक्लै मुस्कुराउ म
सम्झु किस्सा कुनै भुले बिर्सेको

कि टोलाएर ताकु शून्यलाई
आज शून्य भएर म 



Comments

  1. Beautiful. Such a vivid depiction of heart and nature.

    ReplyDelete

Post a Comment