कलिलो मुना
ॐ
कलिलो मुना
सुसन मास्के
कुनै अधुरो
आफ्नो कुनै
अरुको मनको
भावहरु जब
सपना जस्तै भएर
मन खुशि शब्दको
पहिरन ओढेर
खोज्छन संधैँको लागि
घर बनाएर बस्न
मेरो डायरीको पानाहरुमा
परतिर धकेलेर
खुशिले अंगालेर
कसैलाई यसै
यता उता कोरेर मेटेर
बिर्सेकालाई सम्झेर
फेरि खोजेर
दिन्छु जब घर बनाउन
मेरो डायरीको
खाली पानाहरुमा
भरिन्छ मनको
खाली कुना
र पलाउछ
मनको डालीमा
कलिलो मुना
Comments
Post a Comment