रहर
ॐ
रहर
सुसन मास्के
भावहरुको बदलिरहने चित्र छ
अस्पर्शित भेल जस्तो बग्ने
जस्तो कुनै आकाश गंगा छ
यो खाली क्यानभसलाई
उठाएर हिँड्न मलाई
जता पनि सहुलियत छ
खस्छ खत्रक्क भाव
सानो टुक्रा अक्षर बनेर
खोजेर अरु फेद टुप्पा
जोड्न मलाई अराएर
भावहरुसितको यस बसउठमा
तर अनौठोको लुकामारी छ
कतैबाट आउन कतै जान
सधैँ उसलाई हतार छ
निमेष भरमै निष्ठूर बनेर
छरपप्रष्ट हुन कहिले
तिम्रो हू मलाई लेउ भनेर
छेउ मायालु भएर आउन
कस्तो बेमेल उसको
यो रहर छ ?
Comments
Post a Comment