बर्सेर त हेर

ॐ 

बर्सेर त हेर

सुसन मास्के


बाफ बनेर उड्यो आँशु
बिलायो बादलहरुसित

बर्सेर त हेर
म थापुला अँजुलिमा
चिनौला त्यो आँशुलाई मेरो
थियो कुन खुशिको
र कुन उदासीको

नुनिलो स्वाद आँशुको
सुखको र दुःखको
धेरै चखायो यो जीवनले
तिमी बर्सेर त हेर
मेरो अँजुलिमा

मोल म तिम्रो
अनमोल लगाउला
लेखेर गीत कुनै
त्यो मोल चुकाउला

Comments