सक्छौ भने



सक्छौ भने 


सुसन मास्के

सक्छौ भने आऊ
नभनी आऊ

हाँगाहरुको छाया बनी
नदीमा खसेर
नाँच कि फाटमा
तरेली परेर
कि झर
धुरी र बलेसीमा
रीमझिमे वर्षा बनेर

सक्छौ भने आऊ
बेठेगान आऊ

बादलको टुक्रामा
चित्रकारी भरेर
धर्के किरणहरुको
किरमिचे जालो
जंगलभित्र छरेर
निशब्द चाहे खस
हिउँफुल बनेर

सक्छौ भने आऊ
छकाएर आऊ
हर रुप हर सम्मोहन
र भ्रममा
चिनौला  अब
म तिमीलाई

सक्छौ भने आऊ

Comments

Post a Comment