बाटोहरु


बाटोहरु
सुसन मास्के 

बाटोहरु यसरी हिंडेको छ
पुग्न उसलाई जस्तो अझै कतै छ

छोडेर कसैलाई बाटो हिंडेको छ
टिपेर कसैलाई बाटो हिंडेको छ
बाटोहरु एक्लै तर कहाँ पुगेको छ ?

जहाँबाट हेर ,लाग्छ पर्खिएको छ
जस्तो कसैलाई साथै लैजानु छ
जस्तो कसैलाई छाडेर हिंड्नु छ

बाटो हिंडेर पर्खिन्छ ,पर्खेर हिंड्छ
जस्तो भनिरहेछ
सफर जीन्दगीको
न शुरु छ न अन्त्य छ

Comments

  1. बाटोहरूमा तपाईका भावना पर्खेर बस्दा .. हिडाईलाई मायाको रूगा लागेछ. बिरामीहरूलाई छोडेर एक्लै
    अगी बड्नु छ। कहिले बाटो टङ्गिन्छ थाहा छैन र उहिले मुटुको बिउ कस्ले रोप्यो हाम्रो मानव मस्तिक्सलाई थाहा छैन।

    ReplyDelete

Post a Comment