बन्जारा मन


बन्जारा मन

सुसन मास्के 

मनको हिड्ने बाटोहरुमा
भेट फेरि भएको थियो

एक फर्लङ् को दूरी थियो
नाघेर समिप आउनु
तर जन्मौको दूरी थियो

मनको हिड्ने बाटोहरुमा
साथ केही कदमको मात्र थियो
बिछोड फेरि घटेको थियो

मनको हिड्ने बाटोहरुमा
यो मन फेरि  बन्जारा थियो 

Comments