शुभजन्मदिन अम्बर सर ....

ॐ 

फेब्रुअरी २६ तारिख फाल्गुन १४ गते फेरि फर्केर आएको छ । अम्बर सर जन्मिनु भएका यो दिन मेरो अत्याधिक
मन पर्ने  दिन हो । यो दिनसित जोडिएका कयौ प्यारो स्मृतिहरु मनसित टासिएर बसेका छन ।  आज  अम्बर सर ८२ वर्ष पुग्नु भयो । अनन्त सत्तामा बिलिन अम्बर सरको भौतिक शरीर हामी माझ छैन तर सरको जन्मदिन मनाउने र उहाँलाई कलाको अर्चना चढाउने निरन्तरतामा म चुक्न चाहन्न ।

फेरि सरको यो आदेश पनि छ मलाई  “ सुसन ! गीत आफ्नैलागि गाउनु पर्छ अरुले मन पराउन र मन नपराउन त्यो कहिले पनि पहिलो प्राथमिकता हुदैन गीत गाउदै बाँच र गीत गाउदै मृत्यु बरण गर ।”

गुरु शिष्याको “सीमान्त ” एल्बममा संकलित गीत यसै अर्चनाको त्यो कडी हो जुन अम्बर सरको जन्मदिनको उत्सवमा नेट संजालका स्रोताहरुलाई सादर सर्मपण गरिरहेको छु ।

शुभजन्मदिन अम्बर सर ....



Comments