शिशिर यो मन
ॐ
शिशिर यो मन
सुसन मास्के
एकाबिहानै घामलाई
नाता जोड्न रहर लागेछ
तर वेवास्ता आज
घामको यो कस्तो भएछ
हिउँ घामको स्पर्शले
पग्लन मानेन छ
धर्ती किरणको स्पर्शले
बिउँझिन मानेन छ
हिउँफुल जडेको सिरक
ओढेर लमतन्न पल्टेछ
अल्छी धर्ती
सेतो मरुभुमी बनेरबेग हानेर नदीले
बग्न बिर्सिएछ
सार मिलाएर मौसमसित
बर्फिलो पत्र भित्र भित्र
गीत निदुरीको आफ्नो
आफैमात्र सुन्दै
उनिदो उङ्घदै नदी बहेछ
कठाग्रिएको शिशिरसित
जब लयबद्ध यो मन भएछ
मनसागर भित्र जमेको
यो कुन हिमखण्ड पग्लेछ ?
Beautiful poem. So full of feeling and imagery.
ReplyDeleteAmitabh Bachhan once said on his TV program “poet are those person who dive deep into the ocean of life and find the most valuable pearls”
ReplyDeleteI find those Pearls on your writing ma’am!!
May god always bless you and wish you always for your good health.