त्यो क्षण


त्यो क्षण 
सुसन मास्के    

उसको मृत्युको क्षण नजिक थियो 
कोभिडको त्यो बिरामीलाई 
बचाउने तर हर प्रयत्न जारी थियो 

खोजियो जब भेन्टिलेटरमा राख्न उसलाई
इन्कारीमा उसले टाउको हल्लाएको थियो 
उसको कम्पित औलाले 
झ्यालतिर इशारा गरेको थियो
अन्तिम क्षण उसले आकाश हेर्न रोजेको थियो 

उसको यो इच्छाको सम्मान गर्ने 
त्यो डाक्टर दयालु थियो 
प्लाष्टिकको शिल्ड पछाडि
डाक्टरको आँखा रसाएको थियो 
भारी पन्जा लगाएको हातले 
बिरामीको हात समातेर 
सबै आफन्तहरुको तर्फबाट
उसलाई अल्बिदा सुनाएको थियो 

झ्याल बाहिरको आकाश 
शान्त , सौम्य र शितल थियो 
उसले फेरेको अन्तिम स्वास जस्तै ....

Comments

  1. Such a beautiful poem Susanji. Loved your description of someone who is dying and the compassion shown by a medical worker.

    ReplyDelete
  2. Hajur ko sabda haru ni ti sbda bhitra lukeka bhawana haru ek dum gahiro ani sacho lagcha!!!

    ReplyDelete

Post a Comment