आठ मार्चको कदरमा...आमा छोरी
ॐ
आठ मार्चको कदरमा...आमा छोरी
सुसन मास्के
![]() |
| आमा छोरी |
पुस्तौ पुस्ता अघिदेखि चलेको नेपालका केही यस्ता लोकगीतहरु छन् जसलाई नेपाली महिलाहरुले मात्र गाउने चलन छ । महिलाबाट महिलामा, आमाबाट छोरीमा हस्तान्तरण हुदै आएको संगिनी यस्तै एउटा लोकलयमा पर्छ । नेपाली महिलाहरुको मनको बह,खुशि,आँसु बोकेर पुस्तौदेखि अभिव्यक्त भइरहेको संगिनीको यो भाखा, मेरो आमाले पनि गुन्गुनाएको संझिन्छु म । आमासित संगिनी गाउन जुरेन मलाई तर मेरो छोरी आस्था र मैले संगिनी संग संगै गायौँ । र महिलाबाट महिलामा ,आमाबाट छोरीमा सदियौ देखि सर्दै जाने यो लोकपरम्पराको निरन्तरताको एक सानो हिस्सा बन्यौ । अन्तराष्ट्र्रीय महिलाहरुको दिन आठ मार्चको कदरमा नेपाली महिलाहरुलाई सादर सर्मपण ...
How I love to be a woman... Happy 111th International Women's day....Happy women's day to all .

Comments
Post a Comment