स्वर श्रद्धान्जली
ॐ
स्वर श्रद्धान्जली
सुसन मास्के
आज बैशाख ५ गते, सुप्रसिद्ध प्रगतीशील साहित्यकार पारिजातको स्मृति दिवस हो ।
दिदी बित्नु भएको भएको पनि सत्ताइस वर्षहरु बितिसकेछ । पारिजात दिदी सित मेरो केही बैचारिक ,केही व्यवसायिक र नितान्त व्यक्तिगत सम्बन्धहरु थिए र यी तीनवटै सम्बन्धमा प्रगाढताका रंगहरु थिए ।
म गीतहरु गाउथे तर “मर्न मनलाग्छ मायालु ”नै पहिलो गीत हो, जुन म भित्र धुन बनेर पनि फुटेको थियो । निराशाको चरम सीमालाई छुदैँ, मृत्युको कामनाले घेरिएर पारिजात दिदी “मर्न मन लाग्छ ” गीतमा अभिव्यक्तिनु भयो । तर यो निस्सारता बोध र निराशाहरु, उहाँको जीवन यात्राको एउटा चरण मात्र थियो । यस मोडलाई पार गर्दै उहाँको जीवन यात्रामा अरु पनि कयौँ सुन्दर र सार्थक मोडहरु आए .... पारिजात “अपराजिता “बन्नु भयो मृत्युको नयाँ परिभाषा गढ्दै,जीवनदायिनी गीत ,कविता ,साहित्य रचेर ।
पारिजात स्मृति दिवसको यस अवसरमा पारिजात दिदीलाई चढाएको मेरो यो “स्वर श्रद्धान्जली ”एल्बममा समेटिएको पारिजात दिदीबाट कलमवद्ध “मर्न मनलाग्छ मायालु“ गीत नेपाली साहित्य एवं संगीत प्रेमी सबैमा सादर सर्मपण गर्दछु....
“मर्न मन लाग्छ मायालु रातसंगै मध्यान्न संगै
डुब्न मन लाग्छ मायालु साँझसंगै आकाश संगै
सधैँ चिसो इनारभित्र हिउँद बसन्त साँची रहेछु
एकान्त जस्तै सधैँ एक्लै वारिस बिना बाँची रहेछु
जल्न मन लाग्छ मायालु घामसँगै , बालुवासँगै
डढ्न मनलाग्छ मायालु रापसँगै खरानी सँगै
हुरी नचल्ने गोरोटो भरि उड्न त्यसै मन गरेछु
मरिसकेको बगरमाथि बग्न त्यसै चाह गरेछु
झर्न मन लाग्छ मायालु शीत सँगै असिना सँगै
जम्न मन लाग्छ मायालु हिउँसँगै तुषारो सँगै
मर्नलाग्छ मायालु ....”
स्वर–संगीतः सुसन मास्के
संगीत संयोजकः शरद गुरुङ
https://www.youtube.com/watch?v=0ZxO-VTEy78&ab_channel=SusanMaskey

This comment has been removed by the author.
ReplyDelete